Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुवनकी पूर्व पत्नी बिहे गर्दै !

फिल्मीखबर, काठमाण्डौ, 2014/05/20

अभिनेता भुवन केसीकी पूर्व पत्नी एवं अभिनेत्री सुस्मिता बमजनले प्रेमी सोहन जैसवालसँग बिहे गर्ने भएकी छिन् । उद्योगपती प्रेमी जैसवालसँग सुस्मिता बिहेको तयारीमा रहेको बुझिएको छ ।

 

अभिनेता केसीसँग बैबाहिक सम्बन्ध छुट्टिए पश्चात सुस्मिता जैसवालसँगको प्रेममा छिन् । जैसवालकै लगानी रहने गरी सुस्मिता फिल्म निर्देशनको तयारीमा रहेको समेत बुझिन्छ । पूर्व पती अभिनेता केसी ‘ड्रिम’ नामक फिल्मको निर्देशनमा तयार भैरहँदा सुस्मिता पनि फिल्म निर्देशनको तयारी जुटेकी हुन् ।

 

भुवन र सुस्मिता पुत्र अनमोल केसी ‘ड्रिम’ का मुख्य पात्र हुन् । बैवाहिक सम्बन्धमा रहदा भुवन र सुस्मिता मिलेर ‘करोडपती’, ‘नेपाली बाबु’, ‘म तिमी बिना मरिहाल्छु’ जस्ता फिल्म निर्माण गरेका थिए ।