Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यसकारण नेपालमा अफ्रिका फिल्म फेस्टिभल

फिल्मीखबर, काठमाण्डौ, 2014/05/20

मंगलबारबाट काठमाण्डौमा चौंथो अर्न्तराष्ट्रिय ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल २०१४’ सुरु भएको छ । जेठ ८ गते (३ दिन) सम्म चल्ने उक्त फिल्म फेस्टिभलमा नेपाल, नाईजेरिया, मोरक्को, युगान्डा, साउथ अफ्रिका, कंगो, इजिप्ट लगायत मुलुकका फिल्मलाई देखाइनेछ ।

 

 



फेस्टिभलको उद्घाटन कार्यक्रममा संयोजक मञ्जु मिश्रले नेपाल अफ्रिका फिल्म फेस्टिभल आयोजना गर्नुको मुख्य कारण बारे प्रस्ट्याइन् । उनले भनिन्, ‘अफ्रिकाको साँस्कृतिक विविधता बारे जान्न, नेपालको पर्यटन व्यवसायमा प्रबर्द्धन गर्न र नेपाली नागरिकलाई अफ्रिकामा पढ्न र काम गर्न जाने प्रेरणा मिलोस् भनेर हामीले यस प्रकारको फेस्टिभल आयोजना गर्दै आएका हौं ।’

आउँदो वर्षमा अफ्रिकामा पनि नेपाली फिल्म फेस्टिभल गर्ने आफ्नो उद्देश्य रहेको मिश्रले सुनाइन् । शिक्षा मन्त्री चित्रलेखा यादवले उद्घाटन गर्ने भनिएपनि सभासद रञ्जित कर्णले ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल २०१४’ को उद्घाटन गरे । सभासद कर्णले संविधानमा फिल्मको लाई समेत संवोधन गर्ने आश्वसन दिए ।

फेस्टिभलको पहिलो दिन सेनेगलको ‘टुकी बुकी’, सञ्चारकर्मी डब्बु क्षेत्री निर्देशित नेपाली फिल्म ‘राहदानी’ र युगान्डाको ‘द् ग्रीन ड्रिम’ लाई देखाइयो । बाँकी दुई दिनमा अन्य ७ वटा फिल्मलाई देखाइनेछ ।

 

तस्विर : दीप विमली