श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का अभिनित फिल्म ‘कोहिनूर’को पहिलो झलक (पोस्टर) सार्वजनिक भएको छ । पोस्टरमा श्री र स्वेता पहाडका टुप्पोमा एक अर्काको ढाडमा अढेस लगाएर बसेका छन् ।

आकाश अधिकारी निर्देशित ‘कोहिनूर’को हाल अन्तिम पोष्ट प्रोडक्सनको कार्य हुँदैछ । ‘कोहिनूर’ले भारतमा बेचिएका नेपाली चेलीको कथालाई फिल्ममा उतारेको छ । फिल्मको छायाँकन पुरै जसो भारतमा गरिएको छ ।
साउन २३ गते प्रदर्शन हुने यो फिल्मले दर्शकलाई हलसम्म तान्ने विश्वास छ । पोस्टर बाहेक ‘कोहिनूर’को हालसम्म कुनै पनि प्रचार सामाग्री सार्वजनिक भएको छैन । फिल्म 'कहाँ भेटिएला' र 'श्रीमान श्रीमती' पछि श्री र श्वेता‘कोहिनूर’ मार्फत दर्शकमाझ आउँदैछन् ।

