Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नाच्न नजान्दा अर्पणलाई कम `अफर`

फिल्मीखबर, काठमाण्डौ, 2014/05/20

‘मुखौटा’ रिलिज सँगै अभिनेता अर्पण थापाको परिचय निर्देशक बन्दैछ । आफ्नो पहिलो फिल्मले दर्शकको हलसम्म ध्यान तान्ने अर्पणको विश्वासको छ । अभिनय समेत रहेको अर्पणको ‘मुखौटा’ लाई इनिसियल हान्ने फिल्मको रुपमा हेरिएको छ ।

 

‘मुखौटा’को व्यापार कस्तो होला ? यही जेठ ३० गते पछि थाहा हुनेछ । फिल्म रिलिजको संघारमा अभिनेता एवं निर्देशक अर्पण थापाले फिल्मीखबरसँग एउटा रमाइलो किस्सा साटे । फिल्म ‘मुखौटा’ प्रदर्शनको तयारीमा रहेका अर्पणले फिल्मीखबरसँग भने, ‘मलाई नाच्न आउँदैन ।’ साँच्चै नाच्न आउँदैन या नाच्न नआएको बाहाना अर्पणले गरे ? उनी स्पष्टीकरण दिनतर्फ लागे, ‘हो मलाई साँच्चै नाच्न आउँदैन । खै किन नाच्न जानिएन आफैंलाई थाहा छैन ।’

 

नाच्ने क्लास लिनु भएन ? भन्ने प्रश्नमा अर्पणले भने, ‘पहिला नाच्ने कक्षा गइएन । अब जानु पर्ला ।’ अर्पणले आफुलाई नाच्न नआएकै कारण फिल्म खेल्ने प्रस्ताव कम आएको हुन सक्ने समेत चुहाए । उनले हाँस्दै भने, ‘नाच्न नजान्ने भएपछि नाच्ने फिल्मको प्रस्ताव नै आएको छैन । फेरी मलाई डाँडामा गएर नाच्ने फिल्ममा काम गर्न त्यती मन पनि लाग्दैन ।’ ‘सिकसिटी’, ‘ब्याच नम्बर १६’, ‘बधशाला’, ‘छड्के’, ‘मौन’ र ‘मुखौटा’ सम्म आइपुग्दा एउटा पनि फिल्ममा अर्पणले नाच्नु परेको छैन ।