Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अन्तिम दाउ’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै बिजु पार्की

फिल्मीखबर, काठमाडौं, 2026/09/08

last bet

 

अभिनेता तथा डान्सर बिजु पार्कीले फिल्म निर्देशन गर्ने भएका छन् । उनले फिल्म ‘अन्तिम दाउ’बाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । मंगलबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराइएको हो । यो फिल्मको औपचारिक घोषणा भने भदौ १० गते भएको थियो । तर, बाढीका कारण फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थिएन । 

पोस्टरमा फिल्मका ६ मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । जसमध्ये विजय लामा, अर्पण थापा, शुशांक मैनाली र पेमा दावा लामाको अनुहारमा चोट र रगत लतपतिएको देखिन्छ । पोस्टरको दुई पट्टि रातो भागमा रहेका कविता नेपाली र निश्चल प्रधान भने रहस्यमयी ढंगले मुस्कुराइरहेका देखिन्छन् । यसले अपराध र बदलाको कथामा फिल्म आधारित रहेको संकेत गर्छ ।

फ्रेम इन मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्ममा सुवास तामाङ, कर्मा लामा र पासाङ नोर्बु शेर्पा सह–निर्मातामा छन् । कार्यकारी निर्माता रमेश शाही ठकुरी र शिशिर पार्की हुन् । फिल्ममा संगम राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन, राजु डोङको द्वन्द्व निर्देशन, ज्योति केसीको कस्ट्युम डिजाइन तथा सज्जल लोप्चनको भिएफएक्स रहनेछ । 

‘डान्सिङ विथ द स्टार्स नेपाल’को उपाधि जितेपछि चर्चामा आएका बिजुले फिल्म ‘वर एन्ड बधु’ र वेब सिरिज ‘साहु बा’सहित ५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । उनले चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’को निर्देशन समेत गरेका थिए । अब उनी फिल्म ‘अन्तिम दाउ’मार्फत निर्देशकीय दाउ खेल्ने तयारीमा छन् ।