फिल्म ‘होस्टेल’ डेव्यु निर्देशक हेमराज बिसी प्रेमिकाको लफडामा फसेका छन् । प्रेमिका हिमा श्रेष्ठले ठगको आरोप लगाउँदै आफ्नो फेसबुकमा वालमा निर्देशक बिसीको तस्विर राख्दै स्टाटस समेत अपलोड गरेकी छिन् ।

मंगलबार हिमाले आफ्नो फेसबुक वालमा हेमराजको तस्बिर राख्दै लेखेकी छिन्, ‘यो ठगदेखि सबैजना होसियार । मलाई जस्तो तपाईंलाई पनि ठगेर फिल्म बनाउन सक्छ । यसले पैसाको लागि जे पनि गर्न सक्छ ।’ हेमराजको निर्देशन रहेको फिल्म ‘जिन्दावाद’ मा करिब ६ लाख रुपैयाँ जति हेमाले लगानी लगाएको बताइन्छ ।
यता निर्देशक बिसीले भने व्यक्तिगत कुरालाई लिएर हिमाले आफ्नो बदनाम गर्न खोजेको बताए । फिल्मीखबरसँग हेमराजले भने, ‘फिल्ममा पैसा लगाएको भन्ने प्रमाण खोई ? प्रमाण विना जे पनि बोल्न पाइन्छ ?’ आफ्नो बेइज्ज भएको भन्दै हिमा विरुद्ध आफू कानुनी प्रक्रियामा जाने बताए । मंगलबार नै प्रहरीमा मानहानीको मुद्धा दर्ता गराउने हेमराजको योजना छ ।
एक सन्तानकी आमा समेत रहेकी डिभोर्सी हेमासँग हेमराज फिल्म ‘जिन्दावाद’ निर्माण ताका नजिकिएका थिए । केही समयको अफयेर पछि हेमराज र हेमाबिच व्रेकअप भएको थियो । व्रेकअपको रिस फेर्न हिमाले आफ्नो बदनाम गरेको हेमराज बताउँछन् ।

