फिल्म ‘यो कथा हो तिम्रो मेरो'लाई निर्देशक ओम प्रतिकले पारिवारिक रोमान्टिक फिल्म भनेका छन् । मंगलबार राजधानीमा फिल्मको अडियो विमोचनमा बोल्दै निर्देशक प्रतिकले प्रेममा हुने हार जीतको कथा फिल्मको मुख्य सार रहेको बताए ।

द फ्रेम क्रियशन प्रालीको व्यानरमा निर्माण भएको यो फिल्मले प्रेममा हुने त्याग, समर्पण र बलिदानीको कथालाई प्रस्तुत गर्नेछ । फिल्मका अभिनेता सुमन सिंहले अहिलेसम्म अभिनय गरेका फिल्ममा नबोलेको संवाद यो फिल्ममा बोलेको भन्दै अभिनयमा पनि फरक पन दिन खोजेको बताए । उनले यो फिल्मबाट आफू निकै आशावादी रहेको समेत भनाई राखे ।
यता 'होस्टल' फिल्ममा छोटो भूमिकामा देखिएकी नव अभिनेत्री रिस्ता बस्नेतले दोस्रो फिल्ममा नै मुख्य भूमिका पाउँदा खुसी लागेको बताउँदै निकै च्यालेञ्जिङ भूमिकालाई न्याय गर्ने कोशिस गरेको बताइन् । उनले भनिन्, ' मलाई केहि आउँदैन । बल्ल सिक्दै छु तर राम्रो गर्ने कोशिस गरेकी छु ।'
भदौको १३ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा संगीतकार बिकास चौधरीले राम्रो संगीत दिएको बताए । निर्देशक ओम प्रतिककै लेखन रहेको यो फिल्ममा सुमन सिंह, रवि कार्की, रिस्ता बस्नेत, गणेश उप्रेती, रुपा राना, विमला गिरी, ओम प्रतिकको मुख्य भूमिका छ ।

फिल्ममा रामेश कुमार राईको कथा, रोशन श्रेष्ठको द्धन्द निर्देशन, सुरेश बज्रचार्यको छायांकन छ । राम वुढाथोकी कार्यकारी निर्माता, अनिल हेक्का सह-निर्माता र रमेश प्रजापती निर्माता रहेको यो फिल्मको प्रेस मिटमा अडियो विमोचनसँगै भिडियो गीत तथा प्रोमो पनि सार्वजनिक गरिएको थियो ।
फिल्ममा ४ वटा गीत समावेश छन् । गणेश सुवेदी, शंकर अधिकारी 'घायल' र रवि कार्कीको शब्द रहेको प्रस्तुत गीतहरूमा राजेश पायल राई, रजिना रिमाल, दीपक लिम्बु, शिव परियार, मनिषा पोखरेल र प्रविशा अधिकारीको स्वर रहेको छ ।
तस्विर : दीप विमली

