Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(30 votes, avg 4.90/5.00)
Text size:-
+
-

`जिन्दावाद` हैन `सम्बोधन` (फस्टलुक पोस्टरसहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/06/24
गत बर्षको सुपरहिट फिल्म 'होस्टल'का निर्देशक हेमराज बिसीले निर्देशन गरेको फिल्म 'जिन्दाबाद'को नाम परिवर्तन गरिएको छ । राजनैतीक नाम सुनिएको हुनाले 'जिन्दाबाद'लाई परिवर्तन गरेर 'सम्बोधन' राखिएको हो ।
 
 
भाद्र ६ गते रिलिज हुने यो फिल्मले राजनीतिको कथा नउठाएको हुनाले गलत संदेश नजाओस् भनेर नाम परिवर्तन गरिएको निर्देशक बिसीले फिल्मीखबरलाई जानकारी गराए । फिल्मले देशमा हुने गरेको भ्रष्टाचारको कथालाई सम्बोधन गर्ने भएकाले फिल्मको थिम अनुसार 'सम्बोधन' नाम राखिएको निर्देशकको भनाई छ । 
 
थ्रीलर जनराको यो फिल्ममा ओफामा पपुलर अभिनेताको अवार्ड पाएका दयाहाङ राई, पछिल्लो समयकी व्यस्त अभिनेत्री नम्रता श्रेष्ठको साथमा त्रिचन्द्र कलेजका स्ववियू सभापती विनय भट्टको मुख्य भूमिका छ ।
 
नेबिसंका युवा नेता तथा पूर्व केन्द्रिय सदस्य सरोज न्यौपानेको प्रस्तुतीमा निर्माण भएको यो फिल्मको कथा ओफा अवार्डमा पपुलर नव निर्देशकको अवार्ड पाएका हेमराजले नै लेखेका हुन् । फिल्ममा बिष्णु लामाको पनि लगानी छ ।
 
Most Visited News (monthly)