Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धकेलियो `वडा नं ६` | बाउ छोराको कथामा फिल्म बनाईने

फिल्मीखबर, काठमाण्डौ, 2014/06/24

‘छ एकान छ’ टिमले निर्माण गर्ने ‘वडा नं ६’ को छायाँकन धकेलिने भएको छ । ‘वडा नं ६’ तत्काललाई थाती राख्दै दिपकराज गिरी, दिपाश्री निर्रौला र निर्मल शर्माको टिम अर्को फिल्म निर्माणमा  जुटेको छ ।

‘तीतो सत्य’ टिमले अब बाउ छोराको कथामा पारिवारिक फिल्म निर्माण गर्ने भएको छ । बाउको भूमिकामा दिपक र छोराको भूमिकामा ‘नाईं नभन्नू ल २’ का अनुभव रेग्मी फाइनल भएका छन् । फिल्मको शिर्षक फाइनल भएको छैन । यो फिल्मको कथा दिपक स्वयम्ले लेखिरहेका छन् ।

निर्देशकको बारेमा भने ‘सरप्राइज’ दिने भन्दै दिपकले अहिले नाम खुलाउन चाहेनन् । फिल्मको छायाँकन भदौको पहिलो सातासम्म सुरु गरिसक्ने योजना छ । अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको ‘वडा नं ६’ को ६ महिनाभित्र छायाँकन सुरु गर्ने योजना रहेको दिपकले बताए ।

Most Visited News (monthly)