Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

लोक दोहोरीका स्टारले फिल्म निर्देशन गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/06/24
लोक दोहोरी म्युजिक भिडियोका निर्देशक तथा मोडल शंकर विसीले फिल्म निर्देशन गर्ने भएका छन् । कमेडी कथामा आधारित फिल्मको शंकर स्वयम्ले स्क्रिप्ट लेखिरहेका छन् । केही सातामा स्क्रिप्ट फाइनल हुने शंकरले फिल्मीखबरलाई बताए । 
 
शंकरले निर्देशन गर्ने नाम तय हुन बाँकी फिल्मलाई विन्दवासिनी म्युजिक कम्पनीले लगानी गर्दैछ । कम्पनीका प्रमुख सुवास रेग्मीसँग फिल्म निर्माणको लगानी सम्झौता भैसकेको शंकरको भनाई छ । फिल्मका कलाकार तथा प्राविधिकको टुङ्गो लागिसकेको छैन । सबै टिम मेम्वरको टुङ्गो लगाएर तिहार पछि छायाँकनमा जाने लक्ष्य छ ।
 
फिल्म निर्देशन बारे आफ्नो पहिल्यैदेखिको योजना रहेको शंकरले बताए । करिब १६ सय वटा लोक दोहोरी म्युजिक भिडियोको निर्देशन एवं ९ सय वटा जति लोक दोहोरी म्युजिक भिडियोमा मोडलिङ गरेका शंकरले ‘बेरोजगार’ नामक फिल्ममा हिरो भएर समेत अभिनय गरेका छन् । शंकर लोक दोहोरी म्युजिक भिडियोमा राजेश हमाल भनेर चिनिन्छन् । 
Most Visited News (monthly)