Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

छुच्ची सासु भन्छिन्, `नाम जोगाउनै मुस्किल`

फिल्मीखबर, काठमाण्डौ, 2014/06/26

वृद्ध कलाकार लक्ष्मी गिरी पर्दामा धेरै जसो बुहारी कुट्ने भूमिकामा देखिन्छिन् । त्यसैले लक्ष्मी गिरीलाई दर्शकले छुच्ची सासु उपनामले पनि चिन्न सक्छन् । उनी स्वभावैले पनि कडा छिन् ।

१ सय ३० बढी फिल्म एवं यति नै संख्यामा टेलिफिल्ममा अभिनय गरेकी कलाकार गिरीले हालैको एक साप्ताहिक पत्रिकामा कलाकारिताको अनुभव एवं वर्तमान फिल्म क्षेत्रको विषयमा अन्र्तवार्ता दिएकी छिन् । वि।स। २०२१ सालमा बाल कलाकारबाट अभिनय क्षेत्रमा प्रवेश गरेकी कलाकार गिरीले फिल्म क्षेत्रमा खुट्टा तान्ने प्रवृत्ति हावी भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘यस्तो प्रवृतिलाई हटाएर हामीले एक अर्काको प्रशंसा गर्न सक्नुपर्छ । यस्तो गर्दा राम्रो काम गर्ने उर्जा मिल्छ ।’

चलचित्र कलाकार संघको उपाध्यक्ष पदमा रहेकी लक्ष्मी गिरीले पूराना कलाकारको चुनौती र नयाँ कलाकारले अगाडी बढ्न ध्यान दिनुपर्ने पक्षको बारेमा समेत बोलेकी छिन् । नयाँलाई उनको सुझाव छ, ‘यो क्षेत्रमा आएपछि बहकिन भएन । सही के हो, गलत के हो ? छुट्याउन सक्नुपर्छ ।’

त्यस्तै उनले पूराना कलाकारलाई भने कमाएको नाम जोगाउनै मुस्किल रहेको बताएकी छिन् । पर्दाकी छुच्छी सासु भन्छिन्, ‘नाम कमाउनु भन्दा कमाएको नाम जोगाउनै मुस्किल छ । कमाएको आफ्नो नाम जोगाउनु ठुलो कुरो हो । अध्ययन गरेर आत्मविश्वासको साथ अगाडी बढ्यो भने पक्कै सफल भइन्छ ।’

Most Visited News (monthly)