Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(38 votes, avg 4.97/5.00)
Text size:-
+
-

हिट र फल्पको मतलब नराख्ने नम्रता

फिल्मीखबर, काठमाण्डौ, 2014/06/26
अभिनेत्री नम्रता श्रेष्ठको आधा दर्जन बढी फिल्म प्रदर्शनमा आईसकेका छन् । पछिल्लो समय प्रदर्शनमा आएको नम्रता अभिनित ‘नोभेम्वर रेन’ ले निर्माताको लगानी उठायो भने बाँकी फिल्मले घाटा बेहोरे । नम्रता अभिनित ‘सम्बोधन’ र ‘ताण्डव’ प्रदर्शनको पर्खाइमा छन् ।
 
कुनै पनि कलाकारकको काँधमा हिट कम र फल्प बढी फिल्मको संख्या हुँदा कस्तो होला ? अभिनेत्री नम्रता श्रेष्ठले फिल्म हिट र फल्प हुँदा कुनै असर नगर्ने बताएकी छिन् । हालैको एक साप्ताहिक पत्रिकासँगको अन्र्तवार्तामा नम्रताले भनेकी छिन्, ‘फिल्म हिट नहुनुसँग हामी मात्रै जोडिएका हुँदैनौं । फिल्म राम्रो हुँदाहुँदै पनि प्रोमोसन राम्रो हुँदैन । शो टाइम राम्रो पाइदैन भने फिल्म कसरी सफल हुन्छ ?’
 
फिल्म फल्प हुनुको अन्य कारणबारे नम्रताले भनेकी छिन्, ‘फिल्म क्षेत्रमा धेरै पोलिटिक्स पनि छ, जसले गर्दा पनि सबै राम्रा फिल्म सफल हुन सकेका छैनन् ।’ नम्रताले ‘मौन’ फिल्म चल्दा पनि फल्प भनेर हल्ला फैलाएको भन्ने गुनासो पोखेकी छिन् । त्यसैले नम्रताले भनेकी छिन्, ‘मैले हिट र फल्पको 'जज' गर्नैै छाडिसकें । मलाई जबसम्म राम्रो स्क्रिप्ट आइरहन्छ तबसम्म काम गरिरहन्छु ।’
Most Visited News (monthly)