Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

गरिमाले बाल विवाह र दाइजो प्रथा विरुद्ध बोल्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/06/26
बाल विवाह र दाइजो प्रथा विरुद्ध अभिनेत्री गरिमा पन्तले अभियान चलाउने भएकी छिन् । एक सामाजिक संस्थाले ‘झोला’ अभिनेत्रीलाई सामाजिक कु:प्रथा विरुद्धको अभियानमा सद्भावना दुतको रुपमा उभ्याएको छ । 
 
आठ वर्ष अघिदेखि जनकपुर क्षेत्रबाट बाल विवाह र दाइजो प्रथा विरुद्ध देशै भरी अभियान चलाईरहेको ‘भोर’ नामक सामाजिक संस्थाले गरिमालाई यस अभिनयानमा सामेल गराएको हो । यो अभियानमा आफ्नो संलग्नतालई अभिनेत्री पन्तले ‘निःस्वार्थ समाज सेवा’ भनेकी छिन् । 
 
गरिमाले भनिन्, ‘समाजमा सकारात्मक सन्देश जाने अभियानमा सहभागी हुन पाउँदा खुसी छु । कालान्तरसम्म यो अभियानमा जुट्छु ।’ विशेषतः वाल विवाह र दाइजो प्रथाको प्रचलन भएका जिल्लामा यो अभियान चलाइनेछ । संस्थाले कार्यक्रमको खाका बनाउँदै गरेको गरिमाले बताइन् ।
Most Visited News (monthly)