पाश्र्व गायिका मनिषा पोखरेलले आफ्नो केश मुण्डन गरेकी छिन् । देशको शान्ति र कलाकारको हितमा समर्पित भन्दै मनिषाले केही दिन अगाडी आफ्नो केश मुण्डन गरेकी हुन् ।
मनिषाले राज्यलाई प्रश्न गरेकी छिन् , ‘कलाकारलाई राज्यले देशको गहना भन्छ तर खोई त गहनाको मूल्य ?’ उनले देशको परिस्थिति सुध्रिएर सबैको समृद्धि हुने आश गरेपनि लामो समयदेखि त्यसो नभइरहेको गुनासो पाखेकी छिन् ।’ मनिषा भन्छिन्, ‘हाम्रो पारिश्रमिक निकै कम छ । यसले गर्दा हाम्रो अन्त्य पनि दुःखदायी हुने निश्चित छ । यसमा राज्यले विचार गर्नुपर्छ ।’
नेपाली पाश्र्व गायनमा जम्ने पथमा रहेकी मनिषाले केही हिन्दी गीतमा समेत आफ्नो स्वर रेकर्ड गराएकी छिन् । फिल्म ‘रावण’ को ‘हात्ती घोडा हैन’ बोलको गीतबाट चिनिएकी मनिषाद्धारा स्वरवद्ध ‘काली तिम्रो नजरैले’ बोलको गीत यतिबेला चर्चामा छ । केश मुण्डन गरेर राज्यप्रति मनिषाले गरेको विरोधलाई संगीतकर्मीले प्रशंसा गरेका छन् ।

