Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्रीकृष्ण र श्वेताको लगन जुर्यो

फिल्मीखबर, काठमाण्डौ, 2014/06/26

अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्काको बिहेको लगन जुरेको छ । यही असार २३ गते ‘कोहिनूर’ जोडीको हिन्दु परम्परा अनुसार बिहे हुनेछ । बिहे भएको एक महिना लगत्तै श्रीकृष्ण र श्वेता अभिनित ‘कोहिनूर’ फिल्म अल नेपाल प्रदर्शनमा आउँदैछ ।

श्रीकृष्ण र श्वेताले संयुक्त रुपमा सञ्चालन गर्दै आएको गौशालास्थित ईन्द्रणी होटलमा यी दुईको बिहे विधि सम्पन्न हुनेछ । बिहेकै दिन सोही होटलमा रात्री भोजको आयोजना हुनेछ जहाँ आफन्त, फिल्मकर्मी, मिडियाकर्मी तथा श्रीकृष्ण र श्वेताको निकटका राजनीतिक दलका नेताको उपस्थिति रहनेछ ।

पाँच वर्ष अघि श्रीकृष्णले निर्माण गरेको व्यवसायिक सफल फिल्म ‘कहाँ भेटिएला’ मा श्वेताले अभिनय गरेकी थिइन् । सोही फिल्मको निर्माणसँगै यी दुई एक अर्कामा नजिकिएका थिए । मिडियामा यी दुईको निकटतालाई लिएर विभिन्न अड्कल बाजी गरेपनि श्वेताले बिहेसम्म आइपुग्दा भने पारिवारिक सहमती जुटाएर बिहे गर्न लागेको बताइन् ।

फिल्म ‘कोहिनूर’ को प्रचार प्रसारसँगै बिहेको तयारीमा व्यस्त श्वेताले भनिन्, ‘हाम्रो मागी विवाह नै हो । अब चाहिं प्रेम सुरु भएको छ ।’ श्वेता क्षेत्री परिवारकी हुन् भने श्रीकृष्ण नेवार परिवारका हुन् । बिहेमा पारिवारको पूर्ण सहयोग र समर्थन रहेको दुवैको भनाई छ ।

Most Visited News (monthly)