बाण्द्रे उपनामले चिनिने कलाकार सुरज चापागाइँले निर्माण एवं निर्देशन गरेको फिल्म ‘मेरो स्कूल’ लाई सार्वजनिक प्रदर्शन नगरिने भएको छ । च्यारेटी शो गरेर सामाजिक शिक्षा दिने भन्दै बान्द्रेले फिल्मको सार्वजनिक प्रदर्शन नगर्ने जनाएका हुन् ।
फिल्म ‘मेरो स्कूल’ लाई देश तथा विदेशमा च्यारेटी शो गरेर चेतना फैलाउने निर्माता तथा निर्देशक चापागाइँले बताए । ‘फिल्म ‘मेरो स्कूल’ ले अनिवार्य रुपमा स्कूल लिएर अध्ययन गर्नुपर्छ भन्ने सन्देश दिन्छ । च्यारेटी गर्ने समय बारे छलफल भैरहेको छ,’ बान्द्रेले सामाजिक सन्जालमा फिल्मीखबरसँग कुरागर्दै भने ।
बान्द्रे फिल्म प्रचार एवं कार्यक्रमको लागि यतिबेला कुवेतमा छन् । फिल्म ‘मेरो स्कूल’ मा बान्द्रे सहित सुरविर पण्डित, निरु खड्का, राजेश नाथ, दिपेन अधिकारी, लक्ष्मण पौडेल लगातयको अभिनय छ । फिल्म यतिबेला पोस्ट प्रोडक्सनमा छ ।

