Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाकाबन्दीमा नम्रता !

फिल्मीखबर, काठमाडौं, 2014/08/03

अभिनेत्री नम्रता श्रेष्ठ नाकाबन्दीमा परेकी छिन् । उनीद्धारा अभिनित दुई फिल्म एउटै मितिमा रिलिज हुने भएपछि दुवै फिल्मले उनलाई नाकाबन्दीमा परेका हुन् । अर्थात् दुवै फिल्मले उनलाई प्रचार प्रसारको मुख्य हिस्साबाट कटौती गरेको खबर छ ।

 

एकै मितिमा एक भन्दा बढी फिल्म प्रदर्शनमा आउनु कलाकार लागि मात्र होइन व्यवसायका लागि पनि  जोखिमयुक्त हुन्छ । आफूले अभिनय गरेका फिल्म एक साथ प्रदर्शनमा आउँदा कलाकारले प्रचार प्रसारमा धपेडी अनि अनि कतिपय ठाउँमा नाकावन्दीको सामना गर्नुपर्ने हुन्छ । प्रतिद्धन्द्धी फिल्मको समेत मुख्य कलाकार भएपछि निर्मातालाई सधैंभरी मनोवैज्ञानिक दबाब रहिरहन्छ, उसको उपस्थितिले कतै अर्को फिल्मलाई फाइदा नहोस् ।

 

यस्तै नियति भोग्दै छिन्, अभिनेत्री नम्रता श्रेष्ठ । नम्रता अभिनित दुई फिल्म ‘ताण्डव’ र ‘सम्बोधन’ भदौ ६ गते एकसाथ प्रदर्शनमा आउँदैछन् । दुई वटा फिल्म एकसाथ प्रदर्शनमा आउँदा नम्रतालाई प्रचार प्रसारको धपेडी त छ नै साथमा फिल्मको प्रोमोशनल ‘प्याकेज’ बाट समेत नम्रता कटौतीमा परेको भन्ने फिल्मी बजारमा कुरा चल्ने गरेको छ । एकले अर्को फिल्मको हिरोइन भन्दै नम्रतालाई प्रचार प्रसार ‘प्याकेज’ बाट ‘ताण्डव’ र ‘सम्बोधन’ ले कम स्थान दिएको बताइन्छ ।

 

फिल्म ‘ताण्डव’ ले र्यापर आशिष राना ‘लाउरे’ र फिल्म ‘सम्बोधन’ ले कलाकार दयाहाङ राईलाई प्रचार प्रसारमा दौडाउने नीति लिएका छन् भन्ने बुझिएको छ । यद्यपि नम्रताले यसअघिका दुवै फिल्मका औपचारिक कार्यक्रममा उपस्थित हुँदै दुवै फिल्मको प्रचार प्रसारमा आधा आधा समय दिने वाचा गरेकी थिइन् । फिल्मको प्रचार प्रसारमा नम्रता नहुँदा फिल्मलाई कति असर गर्छ समयले नै बताउला । फिल्मले नम्रतालाई कटौती गर्दा उनलाई भने साँच्चिकै असर गर्छ । किनकी फिल्मसँगै प्रचार प्रसारमासँगै लागेर नै हो कलाकारले दर्शकमाझ आफ्नो छवि दरिलो बनाउने ।

 

Most Visited News (monthly)