Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कहिले हेर्न पाइएला यि फिल्म ?

फिल्मीखबर, काठमाडौं, 2014/08/03

रेश मरहठ्ठाले तामझामका साथ निर्माण गरेको फिल्म ‘च्यालेन्ज’को सुटिङ पूरा भएको चार वर्ष भन्दा बढी भईसक्यो तर फिल्म अहिलेसम्म पनि पोष्ट प्रोडक्सनबाट बाहिर निस्कन सकेको छैन । कहिले गीत चित्त नबुझेको त कहिले सुटिङ गरिएका दृश्य चित्त नबुझेको भन्दै रेशले फिल्म रिलिजको चाँजो पाँजो मिलाउन सकेका छैनन् ।

 

त्यसो त रेशको ‘च्यालेन्ज’ मात्र होइन धेरै फिल्म सुटिङ सकिएर पनि अन्य कुराको व्यवस्थापन गर्न नसक्दा धेरै फिल्म हलसम्म आईपुग्न पाएका छैनन् । यसरी अडकिएका फिल्ममा चर्चित निर्देशकका फिल्मदेखि नब निर्देशक फिल्म सम्म परेका छन् ।

 

‘नुमाफुङ’ बाट वाहवाही लुटेका नबिन सुब्बाले ‘गुडबाई काठमाडौं’को सुटिङ सकेको ५ वर्ष भईसक्यो तर ५ वर्ष बितिसक्दा पनि फिल्म रिलिज गर्ने सुरसार छैन । बारम्बार सम्पादक फेर्दै बसेको फिल्म बल्ल यतिबेला डबिङमा छिरेको छ । रिलिज कहिले हुने कसैलाई थाहा छैन ।

 

निर्माण पूरा भएर पनि प्रर्दशन मिति टुंगो नभएको अर्को फिल्म हो ‘तुलसी’ । अभिनेत्री ऋचा घिमिरेले निर्माण गरेको फिल्म लामो समयदेखि विदेशमा च्यारिटी हुँदै आएपनि नेपालमा भने प्रदर्शन हुन सकेको छैन । निर्माता निर्देशक दुवैजना विदेश पलायन भएपछि ‘तुलसी’को नेपाल रिलिज झनै अन्योल बनेको छ ।

 

निर्माण कम्पनी र निर्देशक बीच फाटो बढ्दा फिल्म ‘शून्य’को भविष्य पनि सिनेमा हलमा अनिश्चित बनेको छ ।  डिसिएनले निर्माण गरेको फिल्मलाई  व्यवसायिक नभएको भन्दै निर्माण कम्पनीले असन्तुष्टि जनाएपछि अनुपम लामा निर्देशित फिल्म कहिले  रिलिज हुने टुंगो छैन ।

 

रेश मरहठ्ठाकै अभिनय रहेको फिल्म ‘मिसन पैसा रिलोडेड’ पनि धेरै चोटि प्रतिक्षित फिल्मको सूचीमा रहेर समाचारमा स्थान पाईसकेको फिल्म हो । तर लामो समय भईसक्दा पनि फिल्म रिलिज हुने छाँट छैन । सिमोस सुनुवारले निर्देशन गरेको फिल्मलाई माधव वाग्ले र नरेन्द्र महर्जनले ‘फस्टलव’को सफलतापछि निर्माण गरेका थिए । तर के कारणले हो फिल्मले हलको मुख देख्न पाएको छैन ।

 

यसरी विविध कारणले हलको मुख देख्न नपाएका फिल्मको सूचि लामो छ । केही बिना तयारी सुटिङमा गएका कारण निर्माता निर्देशकको मनमुटावका कारण बिचैमा रोकिएका छन् भने केही रिलिज गर्ने आर्थिक स्रोतको अभावका कारण हल सम्म पुग्न पाएका छैनन् ।

 

Most Visited News (monthly)