फिल्म ‘रेशम फिलिली’ लाई भारतमा फिल्म प्रदर्शन अधिकार बिक्री गरेर निर्माण कम्पनी भी मोसन पिक्चर्स प्रमुख तथा अभिनेता विनय श्रेष्ठ विहीबार देश फर्किएका छन् । विनयले भारतका सबैजसो नेपाली बहुल क्षेत्रमा वितरण र प्रदर्शन अधिकार सिक्किमको ह्वाइट हर्स कम्पनीलाई बेचेको बताए ।
हाँस्य विधाको ‘रेशम फिलिली’ यसअघि बेलायत र अमेरिकामा बिक्री भइसकेको छ । नयाँ वर्षको छेकोमा रिलिज हुने फिल्मले स्वदेशअघि डायस्पोरा रिलिजको तयारी थालेको छ । ‘ताण्डव’, ‘मेरो भ्यालेन्टाइन’, ‘सम्बोधन’ विदेशमा विक्री भैसकेका छन् ।
अभिनेता श्रेष्ठले रिलिज अगाडि फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने बताए । प्रणव जोशी निर्देशित फिल्ममा विनय, मेनुका प्रधान, कामेश्वर चौरासिया लगायतको अभिनय छ । विनयले यसअघि ‘भिजागर्ल’ फिल्म निर्माण गरेका थिए ।

