Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार बिना चम्कलान् `कोहिनूर` र `शीशा` ?

फिल्मीखबर, काठमाडौं, 2014/08/03

आरबिके शरद खत्री निर्देशित फिल्म ‘शीशा’ आउँदो शुक्रबारदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । मान्छेको जिवनलाई शीशासँग तुलना गरिएको यो फिल्मको प्रचार प्रसारमा कलाकारको साथ छुटेको छ । गत साता सम्पन्न फिल्म ‘शीशा’ को प्रेसमिटमा फिल्मका दुवै हिरोइन उमा बेबी र रागिनी खड्गी उपस्थित थिएनन् ।

 

उमा बेबी सिक्किममा फिल्मको प्रिमियर र रागिनी अध्ययनमा व्यस्त भएपछि ‘शीशा’ प्रेसमिटमा दुवै हिरोइन सहभागी हुन नपाएको शरदले जानकारी दिएका थिए । हिरोइन मात्र होइन फिल्मका अर्का अभिनेता निर्मल सेन्चुरी पनि फिल्मको प्रेसमिटमा सहभागी थिएनन् । कलाकारका नाममा जम्मा जिवन लुईंटेल उपस्थित थिए जो आफ्ना फिल्मको प्रचार प्रसारमा विरलै समय निकाल्न पाउँछन् किनकी हरसमय उनी कुनै न कुनै फिल्मको सुटिङमा व्यस्त हुन्छन् ।

 

'शीशा’सँगै साउन २३ बाट प्रदर्शनमा आउने फिल्म ‘कोहिनूर’को पनि हालत त्यस्तै छ । फिल्मका निर्माता तथा कलाकार जोडी नै फिल्मको प्रचारमा उपस्थित हुन सकेका छैनन् । असार २३मा विवाह गरेलगत्तै श्रीकृष्ण बिरामी परेपछि श्रीकृष्ण र श्वेता उपचारका लागि भारतमा रहेको बुझिएको छ । केही दिनअघि निर्देशक आकाश अधिकारीले फिल्मको प्रेस मिट त गरे तर कलाकार बिहिन ।

 

फिल्म आफैंमा एउटा प्रडक्ट हो र  प्रडक्टको सफलता यसले गर्ने मार्केटिङमा भर पर्छ । तर ‘कोहिनूर’ र ‘शीशा’मा मार्केटिङका लागि प्रभावकारी हुने कलाकारकै साथ नहुँदा ‘कोहिनूर’ र ‘शीशा’ कत्तिको चम्कलान् उत्सुकताको विषय रहनेछ ।

Most Visited News (monthly)