Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

नेपाल फर्किएनन् श्रीकृष्ण | स्वास्थ्य अवस्था बुझ्न दाजु पुगे दिल्ली

फिल्मीखबर, काठमाण्डौ, 2014/08/03
श्रावण २३ देखि प्रदर्शन हुने श्रीकृष्ण श्रेष्ठको फिल्म 'कोहिनूर'ले 'पिजी' सर्टिफिकेट पाएको छ । फिल्मका केही दृश्य अभिभावक बिना बालबालिकाले हेर्न नमिल्ने भन्दै सेन्सर बोर्डले प्यारेन्टल गाईडेन्स (पिजी) सर्टिफिकेट दिएको निर्देशक अधिकारीले जानकारी गराए ।
 
यता फिल्म रिलिजको लागी अन्तिमा तयारी हुँदासम्म अभिनेता श्रीकृष्ण श्रेष्ठ भने नेपाल फर्किएका छैनन् । स्वास्थ्य उपचारका लागी भारतबाट श्री नफर्केपछी उनका दाजु मिन श्रेष्ठ स्वास्थ्य अवस्था बुझ्न दिल्ली पुगेका छन् । हिरोइन समेत रहेकी श्रीकृष्ण पत्नी स्वेता खड्काले स्वास्थ्यको बारेमा पूर्ण जानकारी परिवारमा नगराएपछि श्रीका दाई दिल्ली पुगेका हुन् । 
 
गत हप्ता आयोजित 'कोहिनूर'को प्रेस मिटमा परिवारका सदस्यहरु एवं निर्देशक आकाश अधिकारीले केही दिन भित्रै उनीहरु नेपाल आउने बताएका थिए तर प्रेस मिट भएको एक हप्ता भईसक्दा पनि श्री फर्किने चहलपल छैन । यही कारणले फिल्मी बजारमा श्रीको स्वास्थ्य अवस्थालाई लिएर अनेकथरी अडकलबाजी भईरहेका छन् । 
 
रिलिजको अन्तिम हप्ता समेत 'कोहिनूर' जोडी काठमाण्डू नफर्किंदा निर्देशक अधिकारी पनि निकै तनावमा छन् । श्रीकृष्ण समयमा नेपाल नफर्कनाले फिल्मको प्रचार प्रसारमा ठूलो समस्या समेत देखिएको छ । 

 

Most Visited News (monthly)