Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

ध्रुब र पवित्रा आवेगमा आएपछि...

फिल्मीखबर, काठमाण्डौ, 2014/09/16
अभिनेता ध्रुब दत्त र अभिनेत्री पवित्रा आचार्यले पोखरामा निकै मस्ति गरे । फिल्म 'आवेग'को एक गीतमा यि दुईले अनस्क्रिन रोमान्स गरेका हुन् । करियोग्राफर कविराज गहतराजले ध्रुब र पवित्रालाई डान्सको स्टेप सिकाए । 
 
 
 
फिल्म ‘आवेग’को छायांकन केही दिनमा नै सकिने यसको निर्माणपक्षले जनाएको छ । प्रस्तुत तस्विरमा देखिएको दृश्यको छायांकन पोखरामा गरिएको हो । फिल्ममा आर्यन सिग्देल र अर्चना देलालको पनि मुख्य भूमिका छ । 
 
बसन्त निरौलाको निर्देशनमा बनेको यो फिल्ममा सूर्य कार्कीको प्रस्तुती छ । यसअघि 'मेरो जीवन साथी' बनाएर डुबाएको लगानी निर्माता कार्कीले 'आवेग'बाट उठाउने दाबी गरे । फिल्मलाई ४० लाखमा हलसम्म ल्याउने तयारी भएपनि १५ लाख बढी लाग्ने उनको भनाई छ । 
 
 
निर्देशक बसन्त निरौलाले अबको एक सातामा नै फिल्मको छायांकन सकिने बताए । फिल्मलाई पुरूषोत्तम प्रधानले खिच्दै छन् । अभिनेता आर्यन सिग्देल यहि फिल्मको सुटिङमा घाईते भएका थिए । 
Most Visited News (monthly)