मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अम्बरेसँग `माइ प्रमिश`

फिल्मीखबर, काठमाण्डौ, 2014/09/15
सिंगापुरे लाहुरेहरुको कथामा केन्द्रित फिल्म 'माइ प्रमिश'को रिलिज मिति तय गरिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार यो फिल्म आउँदो मंसिर ५ गते रिलिज हुनेछ । यहि मितिमा 'श्री ५ अम्बरे' फिल्म पनि रिलिज हुनेछ ।  
 
फिल्मलाई टिआरएएनजी प्रोडक्सनको ब्यानरमा सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन । फिल्ममा केकी अधिकारी, रमेशचन्द्र राई, नरकुमार लिम्बु, विल्सन विक्रम राई, अनुराग मान सिंह कुवंर लगायतका कलाकारहरुको अभिनय छ । 
 
 
सिंगापुर र काठमाण्डौमा छायाँकन गरिएको यो फिल्ममा बनिश शाहको सम्पादन, महेश खडकाको संगीत, रोशन श्रेष्ठको द्धन्द तथा गोविन्द राईको नृत्य रहेको छ । रिलिज अघि नै फिल्मको देश तथा विदेशका विभिन्न स्थानमा च्यारिटी शो समेत गरिएको छ ।