मिति : २०८१ वैशाख २९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(38 votes, avg 2.87/5.00)
Text size:-
+
-

श्वेताले लेखिन्, `मलाई माफ गर्नुस्`

फिल्मीखबर, काठमाण्डौ, 2014/09/15
श्रीकृष्ण श्रेष्ठको निधनपछि शोकमा डुबेकी अभिनेत्री श्वेता खड्काले दु:खद घडीमा साथ दिने सम्पूर्ण परिवार, आफ़न्त, साथीभाई, गुरु मान्यजनहरु, फेसबुक फ्यान, सारा देशविदेशमा रहनु भएका सबै शुभचिन्तकहरुप्रति आभार प्रकट गरेकी छिन् । यस्तै 'कोहिनूर' फिल्म सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्णलाई धन्यवाद समेत दिएकी छिन् । 
 
आफ्नो फेसबुक पेजमा एक वक्तव्य जारी गर्दै श्वेताले आफ्ना शुभचिन्तक सामु आउन नसक्दा र सँगै बसेर फिल्म हेर्न नसक्दा माफी मागेकी छिन् । उनले लेखेकी छिन्- 'मेरो चलचित्रलाई सफल बनाउन सघाउनुहुने सम्पूर्ण दर्शक महानुभावहरु, कलाकार, पत्रकार, मिडिया र अन्य सबै जो-जसले भूमिका खेल्नु भयो म उहाँहरुमा पनि आभार प्रकट गर्न चाहन्छु । म माफी चाहन्छु कि म केहि समय हजुरहरु सामु आउन सकिन, हजुरहरुसंग बसेर 'कोहिनुर' चलचित्र हेरेर मज्जा लिन सकिन ।'
 
यस्तै श्वेताले आफ्नो जीवनमा कहाली लाग्दो घटना घट्ला भनेर भनेर नसोचेको भन्दै जति नै प्रयास गरे पनि आफ्नो जिन्दगीमा खुशी नआउने कुरा उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्- 'दिनहरु बितेर आज महिना बढी भैसक्यो तरपनि म त्यो काहाली लाग्दो घटना नै बिर्सेर अगाडी बढ्न सकेको छैन । मलाई पुरा विश्वास छ हजुरहरुले सधैंभरि नै मलाई माया र साथ दिईराख्नु हुनेछ र मेरा सारा क्रियाकलापहरुलाई हजुरहरुले अति मन पराइदिनु हुनेछ ।