Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

बिराज भट्टलाई कस्ले दिने फिल्म ?

फिल्मीखबर, काठमाण्डौ, 2014/09/15
समकालिन अभिनेता निखिल उप्रेतीले फिल्म निर्माण तथा निर्देशन गरेपछि अभिनेता बिराज भट्ट यतिबेला तनावमा रहेको बुझिएको छ । लामो समय भोजपुरी फिल्ममा समय खर्चेर नेपाली फिल्ममा कमव्याक गर्न खोजिरहेका बिराज यतिबेला फिल्मकर्मीको सम्पर्कमा रहन थालेका छन् । 
 
 
बिराज कमव्याक गर्न खोजेपनि नेपाली फिल्ममा आएको परिवर्तनसँगै फिल्मकर्मीले उनलाई लिएर फिल्म बनाउने आँट गर्न सकेका छैनन् । निर्माता सुशिल पोखरेलले बिराजलाई लिएर निर्माण गर्ने भनिएको फिल्म 'निर्भय' नबन्ने भएको छ । सबिर श्रेष्ठले निर्देशन गर्ने भनिएको उक्त फिल्म नबन्ने भएपछि बिराजको कमव्याक हुने सम्भावना अझै न्यून देखिएको छ । 
 
बिराज यतिबेला आँफै फिल्म निर्माण गर्ने सोचमा समेत रहेको बुझ्नमा आएको छ । स्रोतका अनुसार बिराज प्रहरीको कथामा फिल्म बनाउने सुर कस्दैछन् । यता निखिलले प्रहरीकै कथामा फिल्म बनाईरहेका छन् । कतै निखिलको डाहले त फिल्म बनाउन कस्सिएका हैनन् ? जनमानसमा यो प्रश्न उठ्न सक्छ ।   
 
नेपाली फिल्ममा चम्किरहेका बेला एक्कासी भोजपुरी फिल्ममा हानिएका बिराजलाई लिएर फिल्म बनाउने योजना धेरैले नबनाएका हैनन् । नेपाली फिल्ममा आएको परिवर्तनले एकातिर उनको अभाव महसुस नभएको फिल्मकर्मीको तर्क छ भने अर्कोतिर अझै पनि बिराजको बजार रहेको बुझाई छ । यहि दोसाँधमा अड्किएका छन्, बिराज । 
 
भोजपुरीमा मोटो रकम पाउने गरेका बिराज नेपाली फिल्ममा पनि मोटो रकमकै आश गरेको उनका निकट फिल्मकर्मी बताउँछन् । यहि मोटो रकमको आशले पनि एक समय नेपाली फिल्ममा निकै हिट फिल्म दिएका बिराजलाई लिएर फिल्म बनाउने आँट गर्न सकेका छैनन् । 
 
'डिमाण्ड कम गरेको खण्डमा र आफ्नो अहंतालाई कम गरेको खण्डमा बिराज अझै नेपाली फिल्ममा जम्न सक्छन्', एक फिल्मकर्मीले गफको सिलसिलामा भने, 'एक्सन हिरोको अझै खडेरी नै छ ।' अब कस्ले गराउने बिराजलाई कमव्याक ? 

 

Most Visited News (monthly)