Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

`गिभ एण्ड टेक`ले तर्सिईन् शिल्पा

सुमन गैरे, काठमाण्डौ, 2014/09/17
छबिराज प्रोडक्सनकी नव अभिनेत्री शिल्पा पोखरेललाई हालखबर सोध्दा आउने उत्तर हुनेछ, `लज्जा` `लज्जा` `लज्जा` ! १३५ म्युजिक भिडियो र 'घरबेटी बा' टेलिफिल्ममा अभिनय गरेपश्चात 'लज्जा' फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी शिल्पाले फिल्म गर्नु अघि र पछिका अनुभव साटेकी छिन् । 
 
 
तीन बर्ष अघि बिराटनगरको पोखरियाबाट काठमाण्डौ छिरेकी शिल्पा योजना योजना बिना नै फिल्ममा आईन् । 'प्लस टु सकेर छुट्टी मनाउन तथा ब्युटिसियनको ट्रेनिङ लिन काठमाण्डौ छिरेकी थिएँ । मामा रोशन श्रेष्ठ 'घरबेटी बा'मा अभिनय गर्न अफर ल्याउनु भयो । त्यो स्विकार गरेसँगै भिडियोमा व्यस्त हुँदै गएँ । तीन बर्षदेखि निरन्तर यही क्षेत्रमा छु । घर जाने छुट्टी मिलाउन पनि गार्‍हो छ', शिल्पाले सुनाईन् ।
 
'पहिलो पटक क्यामेरा फेस गर्दा निकै डराएकी थिएँ,' रातभरी सोचेर मामालाई सिरियल गर्ने निर्णय दिएकी शिल्पाले भनिन्, 'एक्सन भन्ने बित्तिकै आवाज नै हराएको जस्तो भएको थियो । विस्तारै बानी पर्दै गयो । अहिले पूर्ण कन्फिडेन्ट छ ।'  
 
शिल्पाले आउनु पूर्वको नमिठो घटना सम्झिईन्, '२० वटा जति म्युजिक भिडियो गरेपश्चात फिल्मको अफर आएको थियो । जब 'गिभ एण्ड टेक'को कुरा आयो मेरो सात्तो गयो । आफूलाई सुम्पिनु पर्ने अफर आएपछि छानाबाट खसे जस्तै भएँ । त्यसपछि फिल्म नै नगरे अठोट लिएँ ।' 
 
टुटेको मन कसरी 'लज्जा'मा आएर जोडियो त ? 'शंकर बिसी दाईले छबि 'बा' (निर्माता छबिराज ओझा)सँग मेरो बारेमा कुरा गर्नु भएछ । भिडियो गर्दा मेरो तारिफ गरेपछि 'लोफर'को लागि अफर आयो । जब छबि बासँग भेट भयो तब उहाँले तिमीलाई मुख्य भूमिका भएको फिल्ममा काम गराउंछु भन्नु भयो । त्यसपछि म पुन: म्युजिक भिडियोमा नै व्यस्त भएँ ।' 
 
शिल्पालाई लागेकै थिएन 'लज्जा' फिल्ममा अभिनय गर्छु भनेर । ४ महिनापछि छबिराज ओझाले फोन गरेर भेट्न बोलाए । फिल्म नै नगर्ने अठोट लिएकी शिल्पाले छबिको फोनको वेवास्ता गरिन् । एकसातापछि पुन: फोन आयो । जब निर्देशक नवल नेपालललाई भेटिन् तर फिल्म क्षेत्रप्रतिको सोचमा परिवर्तन आयो । 'लज्जा'का लागि राजी भईन् । नवलले अडिसन लिएर र 'ओके' गरे । 
 
'नवल दाईले तोडिएको विश्वासलाई जोड्नु भयो', शिल्पा खुल्न थालिन्, 'मलाई लाग्यो सबै व्यक्ति खराब हुँदैनन् ।' नवल र छबि जस्ता थुप्रै असल व्यक्ति यो क्षेत्रमा छन् भन्ने लाग्यो, शिल्पालाई । 
 
 
रेखा थापाको ठाउँमा आउँदा शिल्पा जति खुसी थिईन् त्यो भन्दा बढि डर त्यो बेला लाग्यो जुना बेला अभिनेता आर्यन सिग्देलसँग काम गर्दैछु भन्ने थाहा पाईन् । 'सुटिङमा आर्यनजीको इण्ट्री हुनेबित्तिकै काम गर्न सक्दिन भनेर डराएँ । नवल दाईले सम्झाउनु भयो । 'एक्सन' भन्ने बित्तिकै आर्यनजीलाई 'दया'(फिल्म भित्रको पात्रको नाम)को रूपमा लिएँ । सजिलै 'ओके' भयो ।'  
 
'लज्जा' गरेपश्चात शिल्पाले के पाईन् त ? 'नचाहिने हल्लाहरू धेरै भए । बुवा उमेर समानको व्यक्तिसँग नाम जोडिदिंदा कोठा भित्र बसेर रूने बनाईयो', शिल्पा अलि फरक मुद्रामा प्रस्तुत भईन्, 'विस्तारै पचाउँदै लगेंं । हल्लाको पछि नलागी कामको पछि लागें । विस्तारै नाम, इज्जत र आत्मसन्तुष्टी पाउन थालेकी छु ।'
 
छबिकै दोस्रो प्रोजेक्ट 'हवल्दार सुन्तली'मा मुख्य भूमिका निर्वाह गरेकी शिल्पाले यही कार्तिक ७ गते रिलिज हुन लागेको 'लज्जा'लाई समाजमा दैनिक घट्दै आएका घटनाहरूसँग जोडेर हेरिन् । 'यो काल्पनिक कथा हैन । हाम्रै समाजको वास्तविक घटनाको उपज हो 'लज्जा' ।'
 
एउटी नारी बिहान घरबाट निस्केपछि घर नफर्कुञ्जेलसम्म उसले भोग्ने दु:ख कस्ट अनि संघर्षको कथालाई 'लज्जा'ले उठाएको उनले बताईन् । अन्तिममा उनले भनिन्, 'लज्जाले नारीको इज्जत गर्न सिकौं सन्देश दिनेछ ।' 

 

Most Visited News (monthly)