Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`कलाकारलाई बर्गीकरण गर्ने कुरै भएको छैन` : मन्त्री रिजाल

फिल्मीखबर, काठमाण्डौ, 2014/09/17
कलाकारको बर्गीकरण नेपाल सरकारले गर्न लागेको बिषयमा चर्चा भईरहँदा सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले मुख खोलेका छन् ।कलाकारको बर्गीकरण गर्ने सरकारको कुनै मनसाय नभएको मन्त्री रिजालको भनाई छ ।
 
आज चलचित्र सेन्सर बोर्डका केही पदाधिकारीसँगको भेटमा उनले कलाकारलाई बर्गीकरण गर्न नखोजिएको बताएका हुन् । 'कलाकारलाई परिचय पत्र वितरण गर्दै विभिन्न खालका सुविधा दिने तयारी गरिएको हो', संचारमन्त्रीको भनाई उद्धृत गर्दै चलचित्र सेन्सर बोर्डका सदस्य सुरेशदर्पण पोख्रेलले जानकारी दिए । हालै मात्र गठन भएको भनिएको कार्यदलको बिषयमा पनि कुनै निर्णय नभएको संचारमन्त्रीको भनाई छ । '
 
विभिन्न फिल्म सम्बन्धी संघसंस्थाका प्रतिनिधी बसरे परिचय पत्र कसलाई दिने भन्ने बिषयमा निर्णय हुन्छ', संचारमन्त्रीको भनाईलाई सापटी लिदै सुरेशले भने–‘कार्यदलले फिल्म क्षेत्रमा लागेका कलाकार, पत्रकार, प्राबिधिक, निर्माता, निर्देशक, गायक, गायिका, संगीतकार लगायत सबैको बायोडाटा तयार पारेर सरकारलाई बुझाउनेछ । यसैको आधारमा परिचय पत्र दिने तयारी सरकारले गरेको हो ।' सरकारको परिचय पत्र पाउने विभिन्न कलाकर्मीले विभिन्न स्थानमा सुविधा पाउनेछन् ।
Most Visited News (monthly)