Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`२५ बर्षदेखि भाग्यले साथ दिएकै छ` : छवि ओझा

फिल्मीखबर, काठमाण्डौ, 2015/01/13
निर्माता छविराज ओझा फिल्म क्षेत्रका लागि बाघ नै मानिन्छन् । उनले हरेक परिस्थितीमा फिल्म निर्माण गरेर सफलताको झण्डा पनि गाडेका छन् । जसका कारण उनी २५ बर्षदेखि यो क्षेत्रमा निरन्तर लागिरहेका छन् ।
 
चैत्र २७ गतेबाट उनको फिल्म 'हवल्दार सुन्तली' प्रदर्शनमा आउदैछ । यो फिल्मसँगै अन्य ३ फिल्म पनि जुध्ने भएपछि छवि केही तनावमा होलान् तर डर छैन । कात्तिकमा उनको फिल्म 'लज्जा'सँगै 'स्टूपिड मन' जुध्न आएपछि डराएका थिए । 'लज्जा' चलेपछि छबिको डर भाग्यो । 
 
यसपटक छवि केही गर्ने मनस्थितीमा छैनन् । उनलाई यसअघि भाग्यले नै साथ दिएको भन्ने लाग्छ । यसपटक पनि छवि आफूलाई भाग्यले साथ दिने र 'हवल्दार सुन्तली'को व्यापार राम्रो हुनेमा ढुक्क देखिएका छन् ।
 
छविले भने– ‘२५ बर्षदेखि मलाई भाग्यले साथ दिदै आएको छ । यसपटक पनि भाग्यले नै साथ दिन्छ । मलाई केही डर छैन ।’ सविन श्रेष्ठ, किशोर खतिवडा, शिल्पा पोख्रेल अभिनित यो फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।
Most Visited News (monthly)