बलिउडमा अभिनेत्रीहरुको दुश्मनी सधैं नै चर्चामा रहन्छ । एक अभिनेत्री र अर्की अभिनेत्री विचको सम्बन्धलाई लिएर बलिउड बजार जहिले तातिरहेको पाइन्छ ।

यतिबेला संचारमाध्यममा अभिनेत्रीद्धय दीपिका पादुकोण र सोनम कपुरको क्याट फाइटको चर्चा चलिरहेको छ । तर, यो कुरालाई अभिनेत्री सोनम कपुरले अस्विकार गरेकी छिन् ।
सोनम आफ्नो फिल्म 'डाँली के डोली'को प्रमोशनमा व्यस्त छिन् । उनले आफूलाई क्याट फाइट बकवास लाग्ने बताएकी छिन् । सोनमले भनिन्– ‘यो फुर्सदिला मानिसले चलाउने हल्ला मात्र हो ।’
सोनमले मानिसहरु आफू र दीपिकाको पछि लागेको भन्दै आश्चर्य जनाइन् । सोनमले आफू र दीपिकाको बिचमा यस्तो कुनै समस्या नभएको खुलाइन् । उनले मानिसलाई अन्य बिषयमा सोच्न आग्रह पनि गरिन् ।

