सेतै फुलेका कपाल र दार्ही लिएर स्कुल जाँदा कस्तो देखिएला ? सोमबार बालाजु ल्याबमा यस्तै बुढ्यौली गेटअपमा अभिनेता आर्यन सिग्देल नाती उमेरका बालकहरूसँग पढ्दै गर्दा भेटिए । हेर्दा लाग्थ्यो उनलाई पढ्ने रहर बुढेसकालमा जागेको छ ।
.jpg)
.jpg)
निरक पौडेलले निर्देशन गर्दै गरेको फिल्म 'होमवर्क'मा आर्यनले क्लास वर्क गरेको सिन सोमबार खिचियो । दोहोरो चरित्रमा देखिने आर्यन बुढेसकालमा पढ्न जाँदाको अनुभव रमाईलो लागेको सुनाए । 'गरिरहेका फिल्म भन्दा भिन्न छ । त्यसैले काम गर्दा पनि निकै रमाईलो भईरहेको छ', आर्यनले सुनाए ।
फिल्ममा आर्यन तन्नरी चरित्रमा नम्रता श्रेष्ठसँगको जोडीको रूपमा देखिने छन् भने बुढेसकालमा गौरी मल्लको सहारा बनेका छन् । 'कुनै पनि कुरा लाज नमानी सिक्नु पर्छ र सिक्नका लागि उमेर बाधक बन्दैन भन्ने सन्देश 'होमवर्क'ले दिन्छ', आर्यनले भने ।
.jpg)
.jpg)
शिक्षा मुलक भनिएको यो फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, ताराप्रकाश लिम्बुको संगीत रहेको छ । फिल्मलाई गोपीकृष्ण मुभिजले निर्माण गर्दैछ ।
तस्विर : विनोद पोखरेल

