मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिलिप अर्कीसँग रमाउँदा

फिल्मीखबर, काठमाण्डौ, 2015/01/25
अभिनेता दीलिप रायमाझीको शिर्ष भूमिका रहेको फिल्म ‘लोग्ने मान्छे’ माघ २३ मा रिलिज हुँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा दिलिप र नव कलाकार अनिशा गुरुङको रोमान्टिक गीत रिलिज गरिएको छ ।  
 
 
फिल्ममा अभिनेत्री नन्दिता केसीँसँग दिलिपले बिहे गर्छन् । नन्दितासँग खुसी हुन नसकेका दिलिप अनिशाको माया जालमा फस्छन् । माया जालमा परेकै बेलाको प्रस्तुत गीत फिल्मकै निर्देशक लय संग्रौलाले लेखेका हुन् । उक्त गीतमा चेतन सापकोटाको संगीत तथा दीपक लिम्बु र माण्डवी त्रिपाठीको स्वर रहेको छ ।
 
सयौं टेलिफिल्म निर्देशनमा अनुभवी लय संग्रौलाले आफ्नै रोजाईको नारीप्रधान कथालाई फिल्ममा प्रस्तुत गरेका छन् । नारीको संवेदनामा टेलिफिल्म निर्देशन गरेर उनले सफलता पाएपनि फिल्म निर्देशन भने पहिलो हो । प्रदिप मितलको लगानीमा फिल्म तयार भएको हो ।