मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन सारे डिसीले फिल्म ?

फिल्मीखबर, काठमाण्डौ, 2015/01/23
चर्चा पाउन कै लागि निर्देशक दिनेश डिसीले आफ्नो फिल्म 'फूलै फूलको मौसम तिमीलाई' चैत्र २७ गते प्रदर्शन गर्ने हल्ला गरेको पुष्टी भएको छ । अन्य ३ फिल्म 'हवल्दार सुन्तली', 'सेतो बाघ' र 'नाई नभन्नु ल ३'सँग भिडन्त गराउन तयार भएका डिसी अहिले एकाएक पछि सरेका छन् ।
 
डिसीले फिल्म क्षेत्रमा चलखेल भएको बताए । आफूले पाउनुपर्ने हल नपाउने भएपछि चलाउनुको अर्थ नभएर पछि सारेको खुलाए । अब यो फिल्म वैशाख ११ गते 'रेशम फिलिली'सँग भिड्ने छ ।
 
यो मितिमा पहिले नै 'फूलै फूलको मौसम तिमीलाई' आउने चर्चा चलेको थियो । नीता ढुंगाना र आमेष भण्डारीको प्रेमकथामा आधारित यो फिल्मलाई डिसी आफैले निर्माण गरेका हुन् ।