मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ग्रान्ड मस्तीलाई २ सय ठाउँमा कैंची

फिल्मीखबर, काठमाण्डौ, 2015/01/23
सेक्स कमेडी कथामा बनेको बलिउड फिल्म ग्रान्ड मस्तीलाई प्रदर्शनमा आएको १७ महिनापछि टेलिभिजनमा प्रदर्शनको अधिकार दिइएको छ । तर, टेलिभिजनमा यो फिल्म सजिलै प्रदर्शनमा भने आउने छैन ।
 
 
टेलिभिजनमा देखाउनका लागि यो फिल्मका २ सय वटा दृश्य र संवादमा कैची लगाउनु पर्नेछ । भारतीय सेन्सर बोर्डका एक कर्मचारीको हवला दिंदै मिड डे नामक पत्रिकाले यो समाचार छापेको हो ।
 
उक्त कर्मचारीका अनुसार ग्रान्ड मस्तीलाई प्रदर्शनको अधिकार त दिन सकिन्छ तर आपत्तीजनक र अश्लिल दृश्य काटेर एकपटक सेन्सर बोर्डमा  देखाउनु पर्नेछ । तर, २ सय ठाउँमा संवाद र दृश्य काटेपछि यो फिल्ममा देखाउनका लागि बाँकी के रहन्छ ? कल्पना गर्न पनि गाह्रो देखिन्छ । 
 
यसअघि पनि सेन्सर बोर्डले 'द डर्टी पिक्चर्स'मा १ सय ठाउँमा, 'ग्याङ्स अफ वासेपुर'मा एक सय ठाउँमा र 'देल्ही वेल्ही'मा २० ठाउँमा कैची लगाएको थियो ।
 
टेलिभिजनमा देखाउनका लागि कुनै पनि फिल्मले 'यूए' अर्थात सबै दर्शकका लागि हेर्न लायक सर्टिफिकेट प्राप्त गर्नुपर्ने हुन्छ ।