
छायाँकनमा रहेको कमेडी फिल्म 'चंखे शंखे पंखे'को लगानीले चुली नाघ्ने भएको छ । निर्माण कम्पनीका अनुसार यो फिल्मको लागत ८० लाखभन्दा धेरै हुने देखिएको छ । यो रकम सामान्य फिल्म निर्माणको दोब्बर हो ।

एनसेलले आयोजना गर्न लागेको पर्पलफेष्टा स्थगित भएपनि चर्चित कमेडियन कपिल शर्मा काठमाण्डौ आइपुगेका छन् । उनी आज काठमाण्डौ आएका हुन् । आफ्नो पूर्व निर्धारित कार्यक्रम अनुसार नै कपिल काठमाण्डौ आएका हुन् । उनी आइतबार मुम्बई फर्कनेछन् ।

विश्वको चर्चित आर्थिक पत्रिका फोब्सले सन् २०१४ मा बलिउडका धनी कलाकारको नाम सार्वजनिक गरेको छ । जसमा पहिलो स्थानमा सलमान खान परेका छन् ।

फाल्गुन २२ गते रिलिज हुन लागेको फिल्म 'पूनर्जन्म'को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । 'पिरो पिरो' बोलको गीतमा बसन्त सापकोटा संगीत र राजेन्द्र थापाको शब्द तथा प्रल्हाद तिमिल्सिना र मिलन अमात्य स्वर रहेको छ ।

भारतीय चर्चित कमेडियन कपिल शर्माको शनिबार दशरथ रंगशालामा हुने पर्पलफेष्ट कार्यक्रम स्थगित भएको छ । कार्यक्रमको अघिल्लो दिन साँझ सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यक्रम गर्न रोक लगाएको हो ।

ग्रीनहिल भीएफएक्स मिडियाको प्रस्तुतीमा निर्माण भएको फिल्म 'कामचोर' प्रदर्शनको लागि तयार हुँदैछ । दिनेश श्रेष्ठले निर्देशन गरेको यो फिल्मको सुटिङ सकिएर हाल पोस्टप्रोडक्सनको काम भईरहेको छ ।

