काठमाण्डौको चावहिल स्थित एफक्यूब हलमा फिल्म इच्छाको प्रिमियर गरिएको छ । फिल्मका मुख्य कलाकार सुवास थापा, दिपशिखा शाही, निर्देशक मुनाल घिमिरे लगायतको उपस्थितीमा फिल्मको प्रिमियर गरिएको हो ।
फिल्मको प्रिमियरमा केही फिल्मीकर्मी र पत्रकार उपस्थित थिए । फिल्म हेरेका अधिकांशले यसको कथावस्तु राम्रो भएको प्रतिक्रिया दिए । फिल्मको प्रमोशनमा नदेखिएकी अभिनेत्री दिपशिखा शाही प्रिमियरमा देखिइन् । उनले पत्रकार र फिल्मीकर्मीले दिएको प्रतिक्रियाले उत्साहित बनाएको बताइन् ।
बाबुले छोरीको चाहना नवुझ्दा आउने विभिन्न खालका पारिवारिक समस्या र प्रेमको कथामा तयार भएको इच्छा फागुन ८ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । कलाकार सुवास थापा र अभिनेत्री शाह फिल्ममा हाबी देखिएका छन् । फिल्ममा दयाहाङ राई, ओम प्रतिक लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

