Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयो `षडङ्ग` ट्रेलर

फिल्मीखबर, काठमाडौं, 2015/02/17

चैत्र १३ गते भुल भूलैयासँगै अर्को एक फिल्म पनि प्रदर्शनमा आउने भएको छ । सुरज सुनवारको लेखन तथा निर्देशनमा बनेको फिल्म षडङ्गले ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । अब, यो फिल्म चैत्र १३ गते प्रदर्शनमा आउने पक्का भएको छ ।

समिनर सुनवारले लगानी गरेको यो फिल्ममा सौगात मल्ल, अनुप बराल, प्रियंका कार्की, सौरमराज तुलाधर, विजय लामा लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको ट्रेलरमा कलाकार सौगात मल्लको नयाँ अवतार देखाइएको छ । फिल्ममा नायिका कार्की बोल्ड देखिएकी छिन् भने सौगातको बोल्ने शैली नयाँ छ । फिल्मलाई ग्याङस्टार थ्रिलर कथामा निर्माण गरिएको छ ।

Most Visited News (monthly)