Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

किन फुटबल खेल्न आएनन् हमाल ?

फिल्मीखबर, काठमाडौं, 2015/06/07

शनिबार भएको नेता र कलाकार विचको मैत्रीपूर्ण खलमा चर्चित अभिनेता राजेश हमाल सहभागी भएनन् । हमाललाई बारम्बार फोन गर्दा पनि उनी सम्पर्कमा आउन नचाहेको श्रोतले बताएको छ । शनिबार भएको खेल सामान्य कारणले खेलिएको थिएन । वैशाख १२ गते गएको भुकम्पका कारण आफन्त गुमाएका र घरबार बिहिन भएकाहरुलाई सहयोग गर्नका लागि खेल भएको थियो ।

 

जसमा नेपालका सबै राजनीतिक दलका नेता सहभागी थिए । राष्ट्रपति, प्रधानमन्त्री, शिर्ष दलका नेता सबैजसो जर्सीमा मैदानमा उत्रिए र पवित्र कामका लागि भेला भए । हलचोक मैदानमा खेल भैरहदा अभिनेता हमाल भने एक बोडिङ स्कुलमा पुगेर विद्यार्थीसँग भलाकुसारी गर्दै थिए । भुकम्पछि विद्यार्थीलाई मानसिक रुपमा पनि मनोरञ्जन आवश्यक परेको छ । यसका लागि विभिन्न स्कुलमा नेपालका कलाकार पुगिरहेका छन् ।

 

नेपाल चलचित्र कलाकार संघले जारी गरेको कलाकारको सूचीमा हमालको नाम थियो । तर, हमाल कार्यक्रममा सहभागी भएनन् । केही बर्ष अगाडि आयोजित एक फुटबल खेलमा हमाल उपस्थित भएर खेल खेलेका थिए । हमाल उपस्थित हुने भन्दा दर्शकको संख्या बढ्ने निश्चित थियो । जसबाट अझ केही बढी रकम उठ्ने पक्का थियो । तर, हमालले यस्तो पुण्य कामका लागि उपस्थित हुनु भन्दा विद्यार्थीसँग नै रमाउन आवश्यक किन ठाने, अहिले धेरैले यो प्रश्न गरेका छन् ।

Most Visited News (monthly)