नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का र चलचित्र संघका पूर्व महासचिव तथा वितरक प्रदिप उदयले एक अर्कालाई कटाक्ष गर्न छाड्दैनन् । धेरैजसो कार्यक्रममा यी दुईले एक अर्कालाई टार्गेट बनाएको भेटिन्छ ।
आज चलचित्र विकास बोर्डमा आयोजित अध्यक्ष राजकुमार राइको पदबहाली कार्यक्रममा पनि यी दुइले एक अर्कालाई तारो बनाउन छाडेनन् । अध्यक्ष राइलाई शुभकामना दिने क्रममा कलाकार संघका अध्यक्ष नवल खड्काले हलहरुले निर्मातालाई दिने भनेको करिब ६० देखि ८० प्रतिशतको सहुलियतको कुरा सधैं दिन आग्रह गरे । उनले भने–‘भुकम्प आएपछि मात्र निर्मातालाई यो सहुलियत दिने भनिएको छ ।
तर, निर्माताको घरमा त यस्तो भुकम्प पहिले नै आएको हो । यो सहुलियतलाई निरन्तता दिनुपर्छ ।’ अध्यक्ष खड्काको कुरा सुनिरहेका प्रदिप उदयले बोल्ने पालो आएपछि मौका छाडेनन् । उनले मञ्च पाएपछि घोचपेच गर्ने बानी छाड्न फिल्मकर्मीलाई आग्रह गरे । उनले अध्यक्ष खड्काको नामै तोकेर भने–‘नवल जीले भन्नुभयो यो सहुलियतलाई निरन्तरता दिनुपर्छ । निर्माताको घरमा पहिले देखि नै भुकम्प आएको छ । अनी, ५ सय हलबाट २ सय हल पुग्दा विस्थापित भएका हल संचालकको कुरा कसले सुनिदिन्छ ।’


