Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16333 - 16338 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-04-15, बुधवार

बलिउड अभिनेत्री कंगना रनावतको चर्चा खुबै छ । फिल्म ‘क्विन’मा उनले निर्वाह गरेको भूमिकाले वाहवाही पाएपछि कंगना बलिउडकी नम्बर वन अभिनेत्री बन्ने दौडमा सामेल भएकी छिन् ।  । कंगना पनि अहिले फिल्ममा काम गर्ने बिषयमा खुबै सोच्न थालेकी छिन् । उनले भारतकै चर्चित फिल्मफेयर अवार्ड पनि बहिष्कार गरिदिइन् । कंगनासँग केही समय अगाडि काम गर्ने इच्छा रणवीर कपुरले जताएका थिए । रणवीरले आफूसँग काम गर्ने इच्छा राख्दा कंगना पनि खुशी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2015-04-14, मंगलवार

अमेरिकाको सानफ्रान्सिस्को ग्लोबल मुभी फेस्टमा पहिलोपटक नेपाली फिल्म सहभागी हुने भएको छ । २१ वर्षदेखि फिल्म फेस्टिभल गर्दै आइरहेको फेडरेसन अफ इन्डो अमेरिकनले पहिलोपटक नेपाली कलाकार र फिल्मलाई सहभागी गर्न लागेको हो । फेस्टिभल आगामी अगस्ट ७ देखि १६ सम्म चल्नेछ ।

फिल्मीखबर, काठमाडौं, 2015-04-14, मंगलवार

यस बर्षको प्रतिक्षित  फिल्महरु मध्येको एक फिल्म चंखे शंखे पंखेको क्लब सङ रिलिज भएको छ । सुर्दशन थापाको निर्देशनमा बनेको यो फिल्म आउँदो जेठ १ देखि देशब्यापी प्रर्दशन हुँदैछ । ठूलो बजेटका साथ निर्माण गरिएको भनिएको यस फिल्मले मध्यान्तर सम्म कमेडी र मध्यान्तर पश्चात राष्ट्रिययताको कथा उठान गरेको निर्माता सन्तोष सेनको दावी छ ।

फिल्मीखबर, काठमाडौं, 2015-04-14, मंगलवार

म्युजिक भिडियो तथा फिल्म निर्देशक प्रशन्न पौडेलले निर्देशन गरेको छोटो फिल्म अमेरिकाको फेस्टिभलमा छनोट भएको छ । प्रशन्नले निर्देशन गरेको ‘होक्से’ शीर्षकको ७ मिनट अवधिको फिल्म अमेरिकाको सिकागोमो हुने सिकागो फिल्म फेस्टिवलको स्क्रिनिङका लागि छानिएको छ भने अमेरिकाकै लस एन्जलसमा हुने प्रतिस्पर्धात्मक फिल्म फेस्टिवल ४८ फिल्म फेस्टिवलका लागि समेत छानिएको छ। आगामी अप्रिल २३ देखि ३० तारिखसम्म चल्ने फेस्टिवलमा एसियाबाट प्रवेश पाउने एकमात्र फिल्मका रुपमा होक्सेलाई प्रवेश
मिलेको निर्देशक पौडेलले जानकारी गराएका छन्। उनका अनुसार अमेरिकाकै फिल्महरु स्पर्धामा रहने फेस्टिवलमा होक्से यसको विषयका कारण छनौटमा पर्ने एसियाकै एकमात्र फिल्म बन्न पुगेको हो।

फिल्मीखबर, काठमाडौं, 2015-04-14, मंगलवार

अभिनेता आर्यन सिग्देलले निर्माता सुवास गिरीसँग सहकार्य गर्दै निर्माण गर्न लागेको दोश्रो फिल्म ‘क्लासिक’को घोषणा गरिएको छ । सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा निर्माता गिरीका बुबाले पानसमा दिप प्रज्वल गर्दै फिल्म घोषणा कार्यक्रमको उद्घाटन गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2015-04-13, सोमवार


हरेक बर्षलाई भित्तामा झुण्डिएको क्यालेन्डरलाई फेर्दै गर्दा हामी व्यक्तिगत, समाज, देश अनि विश्वको समिक्षा गर्छौ । कहिलेकाहीँ क्यालेण्डरसँगै मानिसको जीवन पनि फेरिन्छ ।  तर, विगत केही बर्षदेखिको आँकडा हेर्ने हो भने नेपाली फिल्मका लागि क्यालेन्डर फेरिनु बाहेक अरु केही पनि देखिएको छैन । बर्षभरिको क्यालेन्डर पल्ट्याउदै हेर्ने हो भने नेपाली फिल्म क्षेत्रले केही पनि उपलब्धि हासिल गर्न सकेको छैन । आखिर, किन त ? साँच्चै हामी चुकेका नै हौ त ?

Results : 16333 - 16338 of 24018