Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

निशाको कपाल दान

फिल्मीखबर, काठमाडौं, 2015/07/08

हिन्दू धर्मशास्त्रमा धेरै थरिका दानहरुको उल्लेख छ । तर आजकल दानीहरुले अंग दान गर्ने गरेका छन् । आफू मरेर गएपनि आफ्नो ज्यान अरुलाई काम लागोस् भनेर धेरैले आँखा दान गर्ने गरेका छन् । तर अभिनेत्री निशा अधिकारीले भने आफ्नो कपाल नै दान गरिदिएकी छिन् । त्यो पनि अमेरिका गएर ।

 

अमेरिका सुटुक्क पुगेसँगै एकाएक आफ्नो लुक्स परिवर्तन गरेकी अभिनेत्री निशा अधिकारी अहिले चर्चामा छिन् । हुनत, निशा आफैमा चर्चा बटुल्नका लागि विभिन्न खालका काम गर्छिन् ।फिल्म क्षेत्रमा कमजोर अवस्था हुँदै गएपछि निशा अमेरिका गएकी हुन् भन्ने टिप्पणी पनि भएको छ । तर, निशाले अहिले कपाल खौरिएको तस्बिर सार्वजनिक गरेर चर्चा पाइरहेकी छिन् । फेसबुकमा उनको मुन्डन गरिएको स्टाइललाई धेरैले हलिउड अभिनेत्रीसँग पनि दाजेका छन् ।



तर, अभिनेत्री निशाले भने आफूले कपाल मुन्डन गर्नुको कारण रहेको खुलाएकी छिन् । उनका अनुसार उनले कपाल दान गरेकी हुन् । कपाल नभएकाहरुका लागि तयार पारिने नक्कली कपाल बाउनका लागि उनले आफ्नो सक्कली कपाल दान गरेकी हुन् ।निशाले आफू जुन कुरामा रमाइन्छ र जुन कुरा मनले गर्नु भन्छ त्यो काम गर्नुपर्ने पनि फेसबुकमा लेखेकी छिन् । हामी नेपाली धेरै चीज अमेरिकाले देओस् भनेर मुख ताक्छौं तर हाम्री अभिनेत्रीले अमेरिकामै दान दिएर उदाहरणीय काम गरेकी छिन् ।

Most Visited News (monthly)