मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बरुण र श्रद्धाले पनि कमाए सय करोड

एजेन्सी, मुम्बई, 2015/07/06

प्रदर्शन भएको १८ औं दिनमा  ‘एबीसीडी २’ले सय करोड भारु कमाई गरेको छ । आइतबार २ करोड कमाई गर्दै फिल्मले १ अर्ब १ करोड कमाई गरेको हो । सय करोड कमाई गरेसँगै फिल्म बलिउडमा सय करोड कमाउने ३७ औं फिल्म बनेको छ । यो वर्ष बलिउडमा जम्मा दुई फिल्मले मात्र घरेलु बजारबाट सय करोड कमाउने कीर्तिमान कायम गरेका छन् । यसअघि ‘तनु वेड्स् मनु’ले १ अर्ब ५० करोड कमाई गरे वर्षको सर्वाधिक कमाउने फिल्मको रेकर्ड कायम गरेको छ ।

 


जुन १९मा रिलिज भएको फिल्म सन् २०१३को हिट फिल्म ‘एबीसीडी’ को सिक्वेल हो । प्रभुदेवा बाहेक नयाँ कलाकार लिएर नृत्य निर्देशक रेमो डिसुजाले निर्देशन गरेको फिल्म हिट मानिएको थियो । नृत्यमा आधारित पहिलो थ्रिडी फिल्म ‘एबीसीडी’मा प्रभु देवा सँगै बरुण धवन र श्रद्वा कपुरको मुख्य भूमिका रहेको छ । ‘एबीसीडी २’ सय करोड क्लबमा प्रवेश गरेसँगै बरुण पनि सय करोड क्लबका अभिनेता बनेका छन् । सय करोड कमाउने बरुणको यो पहिलो फिल्म हो । श्रद्वा कपुरको भने दोस्रो फिल्मल सय करोड कमाएको हो । यसअघि श्रद्वा अभिनित ‘एक भिलेन’ले सय करोड कमाएको थियो ।


‘एबीसीडी २’को सफलतासँगै बरुण र श्रद्वा अभिनित सबै फिल्म हिट भएका छन् । यसअघि श्रद्वा अभिनित ‘आशिकी २’ र ‘एक भिलेन’ हिट भएका थिए भने बरुण अभिनित ‘स्टुडेन्ट अफ दि इयर’, ‘मैं तेरा हिरो’, ‘हम्टी शर्माकी दुल्हनियाँ’ र ‘बदलापुर’ हिट भएका थिए ।