Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16345 - 16350 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-04-11, शनिवार

जेठ १ मा रिलिज हुने गरी अर्को फिल्म थपिएको छ । ‘कामचोर’ सो मितिमा रिलिज हुने नयाँ फिल्म हो । यसअघि ‘चंखे पंखे शंखे’ले आफ्नो रिलिज मिति सार्वजनिक गरिसकेको छ । फिल्मले शुक्रबार ट्रेलर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2015-04-11, शनिवार


अभिनेता रेश मरहठ्ठाले इंगेजमेन्ट गरेका छन् । रेशले बालुवाटार निवासी आश्मी अधिकारीसँग शनिबार राती हिमालय होटलमा इंगेजमेन्ट गरेका हुन् । रेश र आश्मी विगत तीन वर्षदेखि बेस्ट फ्रेण्ड रहँदै आएका थिए । उनीहरुले तीन वर्षे मित्रतालाई प्रेममा परिणत गर्ने निर्णय गरेअनुरुप शनिबार इंगेजमेन्ट गरेका हुन् ।

रेम बिक, पोखरा, 2015-04-11, शनिवार

लामो समय नेपाली फिल्ममा नदेखिएका अभिनेता रमेश उप्रेतीलाई कमब्याक गराउने फिल्म ‘ब्रासलेट’को छायाँकन शुरु भएको छ । पोखरा र आसपासमा फिल्मको छायाँकन हुने निर्माण यूनिटले जनाएको छ । आईतबार देखि पोखरामा फिल्मको छायाँकन शुरु भयो । यद्यपी फिल्मका मुख्य अभिनेता रमेश उप्रेती भने पहिलो दिनको सुटिङ सेटमा देखिएनन् । ‘सोमबारदेखि रमेशजीले सुटिङ ज्वाईन गर्नुहुनेछ ।’ फिल्मका निर्देशक निर्मल शर्मा गैँडाले भने–‘अरु सबै टिम भने पोखरा आईसकेका छौँ ।’

फिल्मीखबर, काठमाण्डौ, 2015-04-11, शनिवार

फिल्म आशिकी २ मा एकसाथ काम गरेपछि आदित्य रोय कपुर र श्रद्धा कपुरको सम्बन्धले भारतीय मिडियामा खुबै चर्चा पायो । यो चर्चाले प्रेमको रुप पनि लियो । श्रद्धा र आदित्य प्रेममा रहेको समाचार खुबै आयो । यो समाचारले अहिले पनि स्थान पाइरहेको छ । तर, उनै श्रद्धा भने आदित्यसँग आफ्नो एक विशेष नाता जोडिएको बताउँछिन् ।

फिल्मीखबर, काठमाडौं, 2015-04-11, शनिवार

नेपाली फिल्म बजारमा अभिनेता र अभिनेत्रीको अभाव भएको सवैलाई थाहा छ । औलामा गन्न सकिने केही अभिनेता र अभिनेत्रीले नै अहिले बजार तताएका छन् । यसमा पनि अभिनेताहरु धमाधम विदेशमा हराइरहेका छन् । अभिनेता जिवन लुइटेल अमेरिका गएको ३ महिना बढी भैसक्यो, तर उनी फर्कने चालमाल छैन । उनी ग्रिनकार्ड पाएर फर्कने सुरसारमा छन् । जिवन अमेरिका गएपछि अहिलेका व्यस्त अभिनेता आर्यन सिग्देलको काम झनै बढेको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-04-11, शनिवार

अभिनेत्री झरना थापाले निर्देशनमा डेब्यु गर्ने भनिएको फिल्म  ‘ए मेरो हजुर २’ अनमोल केसीले खेल्न नभ्याउने भएका छन् । अनलाइन मिडियामा अनमोलले झरनाको फिल्म खेल्ने सम्बन्धमा आएका समाचार माथि प्रतिक्रिया जनाउँदै उनले ‘ए मेरो हजुर २’ नगर्ने जनाएका हुन् । अनमोलले ‘ए मेरो हजुर २’ मात्र नभई होम प्रोडक्सनको फिल्म नसकिउन्जेल सम्म कुनै पनि फिल्म खेल्ने मनस्थितिमा नरहेको फिल्मीखबरलाई बताएका  छन् ।

Results : 16345 - 16350 of 24018