Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दशैमा ‘अधकट्टी’

फिल्मीखबर, काठमाडौं, 2015/07/07

फिल्म ‘अधकट्टी’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । जेठ ८ गतेबाट पछि सरेको यो फिल्म अब दशैमा हलमा लाग्ने भएको छ । निर्माता प्रदिप कुमार उदयका अनुसार कात्तिक ३  गते काठमाण्डौ बाहिरबाट र कात्तिक ६ गतेबाट काठमाण्डौमा यो फिल्म लाग्नेछ । उनले दशैमा दर्शक फिल्म हेर्ने मुडमा भएकाले पनि प्रदर्शन मिति तोकेको बताए । एउटा राम्रो कमेडी फिल्म दर्शकले दशैमा हेर्न पाउने उनको भनाई छ ।


फिल्मलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् । फिल्ममा अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गौरव पहारी, गजित बिष्ट, विल्सन विक्रम राई र प्रदिप बाँस्तोला मुख्य भूमिकामा छन् । अभिनेत्री नम्रता श्रेष्ठ फिल्ममा विशेष भूमिकामा  देखिएकी छिन् । एउटा अधकट्टी टिकटको कथालाई यसले रोचक तबरले उठान गरेको छ । अब दशैमा अधकट्टी र चंखे शंखे पंखे भिड्ने पक्का भएको छ । यसअघि सोही मितिमा ‘चंखे  शंखे पंखे’ले आउने घोषणा गरिसकेको छ ।

Most Visited News (monthly)