Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपाश्री अब निर्देशक

फिल्मीखबर, काठमाडौं, 2015/07/08

हाँस्य कलाकार दीपाश्री निरौला अब फिल्मको निर्देशक बन्ने पक्का भएको छ । फिल्म छ एकान छ मा सहायक भएर काम गरेकी दीपा अब पूर्ण निर्देशक बन्न लागेकी हुन् । उनले कलाकार दिपकराज गिरीको लगानीमा बन्न लागेको फिल्म छ भने माया छपक्कै लाइदेउ न को निर्देशन गर्न लागेकी हुन् ।

यो फिल्मको हाल कथा लेख्ने काम स्वयंम दिपकले नै गरिरहेका छन् । असोज १ गतेबाट फिल्म वडा नम्बर ६ प्रदर्शन भएपछि दीपाको यो डेब्यू निर्देशन फिल्म फ्लोरमा जानेछ ।

फिल्ममा अधिकांश नेपालका हाँस्य कलाकारहरुले अभिनय गर्नेछन् । फिल्म निर्देशन गर्न पाउँदा दीपाले खुशी लागेको र आफूले सिकेको अनुभव प्रयोग गर्ने बताइन् ।

Most Visited News (monthly)