Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

चुपचाप सेवामा गरिमा

फिल्मीखबर, काठमाडौं, 2015/07/07

अभिनेत्री गरिमा पन्त झोला फिल्म प्रदर्शनको समयमा जती चर्चामा थिइन्, अहिले त्यती नै सुस्ताएकी छिन् । गरिमा अहिले मिडियामा पनि खासै खुलेको देखिदैन । फेरि, गरिमा भुकम्प आउँदा नदेखिएपछि उनको आलोचना पनि भयो । तर, अभिनेत्री पन्तले भने आफू यूरोपमा रहेकाले नेपालमा काम गरेको जस्तो नदेखिएको बताइन् । अभिनेत्री पन्त अहिले यूरोपका एक यूवकसँग प्रेम सम्बन्धमा छिन्, जसका कारण पनि उनी यूरोपमा रहेको अड्कल काट्न सकिन्छ ।


तर, गरिमाले आफूले समाजसेवा देखाउनका लागि नगरेको बताएकी छिन् । उनले आफूले पनि समाजसेवामा लागेको बताउँदै देखाएर नगर्ने बताइन् । अधिकांश कलाकारले सामान्य भन्दा सामान्य राहत वितरणका क्रममा गरेका कामलाई फेसबुकमा हालेर प्रचार गरिरहेका थिए । तर, गरिमाले भने आफू र केही यूवाहरु मिलेर खोलेको एक संस्थाले काभ्रेको एक जिल्लामा १५ वटा घर निर्माण गरेको बताएकी छिन् । सेवा भनेको अन्तरआत्माबाट गरिने भन्दै उनले यसलाई प्रचार गर्नुको अर्थ नभएको पनि बताइन् ।

Most Visited News (monthly)