बलिउडका सर्वाधिक चर्चित अभिनेता शाहिद कपुरले दिल्लीकी मिरा राजपुतसँग बिहे गरेका छन् । करिनासँग करिब ४ वर्ष डेट गरेका शाहिदले त्यसपछि विद्या बालन, सोनाक्षी सिन्हासँग पनि डेट गरेको चर्चा थियो तर अन्ततः उनले फिल्म क्षेत्र बाहिरकी यूवती रोजेका हुन् ।
साहिद र मिराको बिहे गुडगाउँको ओवराय होटलमा सम्पन्न भएको थियो । सोमबार दुई परिवार संगीत सेरोमनिमा सहभागी भएका थिए । संगीत सेरोमनिमा साहिदका पिता, माता उपस्थिती थिए । साहिद भने एक यूवतीसँग गीतमा नृत्य गर्दै गरेको तस्बिर पनि सार्वजनिक भएको छ ।
३४ बर्षका साहिद र २३ बर्षका मिरा विच बिहे हुने कुरा केही समय अगाडि सार्वजनिक भएको थियो । साहिदले यस बिषयमा अहिलेसम्म केही बोलेका छैनन् । साहिदले मिरालाई आफै रोजेका थिए । साहिद र मिराको बिहे बलिउडको सर्वाधिक प्रतिक्षित बिहे हो ।

