बलिउड बक्सअफिसका बादशाह स्टार सलमान खान अभिनिय फिल्म ‘प्रेम रतन धन पायो’ २ सय करोडमा प्रवेश गरेको छ । फील्मले रिलिजको १४ दिनमा कुल २ सय १ करोड ५२ लाखको बिजनेश गरेको हो । यो संगै सलमान स्टारर तीन फिल्म बलिउड बक्सअफिको दुई सय करोड क्लबमा पुगेका छन् ।
२ सय करोडको दौडमा सलमानले अर्का स्टार शाहरुख खानलाई उछिनेका छन् भने आमिरसँग रेकर्ड बराबरी भएको छ । शाहरुखको ‘हेप्पी न्यु ईएर’ र ‘चेन्नई एक्सप्रेस’ दुई फिल्मसँगै आमिरको ‘थ्री ईडियट्स’, ‘धुम ३’ र ‘पिके’ दुई सय करोड क्लबमा छन् । सलमानले भने ‘बजरंगी भईजान’, ‘किक’ र ‘प्रेम रतन धन पायो’को सफलतासँगै बक्सअफिसको दुई सय करोड क्लबमा ह्याट्रिक गरेका हुन् ।
योसँगै फिल्मले शाहरुखको ‘हेप्पी न्यु ईएर’ र आमिरको ‘थ्री ईडियट्स’को लाईफाईम कलेक्शनलाई पनि ब्रेक गर्ने देखिएको छ । दुबै फिल्मको कलेक्शन क्मशः २ सय ५ करोड र २ सय २ करोड छ । तर भोली शुक्रबार रिलिज हुने दिपिका पादुकोण र रणविर कपुर स्टारर ‘तमाशा’ले भने यो फिल्मको बिजनेशमा ठुलो धक्का दिने अनुमान छ ।
सलमानसँगै सोनम कपुर स्टारर ‘प्रेम रतन धन पायो’लाई सुरज बज्रात्यले निर्देशन गरेका हुन् । फेमिली ड्रामा बोल्ने यो फिल्मको गीतसंगीतले पछिल्लो दुई महिनायता फिल्मी बजार तताईरहेको छ । फिल्म नोभेम्वर १२ मा रिलिज भएको थियो ।

