‘ऋतु’ फेम अभिनेत्री मलिना जोशीले पोखरामा हुने फेसन शोमा शोस्टपरको रुपमा सहभागिता जनाउने भएकी छिन् । मलिनाले पोखराको अतिथि रिसार्ट एण्ड स्पामा हुने फेसन शोमा ¥याम्पमा आफ्नो कला प्रस्तुत गर्नेछन् । मलिनासँगै अभिनेत्री माला लिम्बु र मोडलहरु नगमा श्रेष्ठ,आस्था पोखरेल र सिपोरा गुरुङले ¥याम्पमा मिलनासँगै शोस्टपरको रुपमा प्रस्तुत हुँदैछन् ।
नगमा २०१२की मिस अर्थ नेपाल बिजेता हुन् भने आस्था किंगफिसर मोडल प्रतियोगिताककी विजयी हुन् । सिपोरा गुरुङ भने पोखराकी भलिबल खेलाडी हुन् । उनीहरुलाई मेल मोडल बरुण राणाले साथ दिनेछन् ।
काठमाडौं र पोखराका २० भन्दा बढी मोडलको सहभागिता रहने ‘दि शो’ शीर्षकको फेसन शो क्रिसमसको अवसर पारेर आयोजना हुन लागेको कार्यक्रम संयोजक सृजना पोखरेलले जानकारी गराईन् । उनका अनुसार ‘दि शो’को यो दोस्रो सिजन हो । अघिल्लो साल पनि डिसेम्बर २५ तारिखमा नै यसको पहिलो संस्करण आयोजना गरिएको थियो । पहिलो संस्करणमा करिष्मा मानन्धर, नन्दिता र सृष्टि श्रेष्ठले शोस्टपरको रुपमा काम गरेका थिए ।

