दर्शक तथा फिल्मकर्मीमाझ लोकप्रिय अभिनेत्री केकी अधिकारीको बिहीबार जन्मदिन परेको छ । पछिल्लो समयकी व्यस्त केकीले राजधानीमा आफ्नो जन्मदिन मनाउँदै छिन् ।

दर्जनौं फिल्मममा अभिनय गरिसकेकी सुन्दर कदकी धनी केकी हरेकजसो फिल्ममा कथासुहाउँदो जुनसुकै प्रकारको अभिनयको लागी पनि माहिर छिन् । सोही गुणका कारण उनलाई फिल्ममा लिनेदेखी म्युजिक भिडियोमा रोज्नेहरुको लाम देखिन्छ । केकी अभिनित पछिल्ला फिल्म ’बागमती’, ’फन्को’ तथा ’भाग शानी भाग’ रिलिजको तयारीमा छन् ।
केकी देश विदेशमा हुने स्टेज कार्यक्रमहरुमा पनि उत्तिकै व्यस्त हुन्छिन् । सफलता र असफलतालाई एकै सिक्काको दुई पाटो सम्झिने केकीले आफ्नो काममा देखाउने लगाब, ईमान्दारिता तथा कर्तव्यबोध नै हरेक कार्यको महत्वपुर्ण पक्ष मान्छिन् । त्यसैले त सामाजिक सञ्जालमा अपडेट भईरहने यी सुन्दरीका फ्यान फ्लोईङ पनि उत्तिकै छन् ।
फिल्मी करियर तथा व्यक्तिगत जीवनमा सधैँ सफलता मिल्दै जाओस्, सबै अभिनेत्रीको भिडमा पहिचान बेग्दै बनोस्, फिल्मीखबर डट कमको तर्फबाट जन्मदिनको शुभकामना !

