पछिल्लो समयका व्यस्त तथा सफल अभिनेता दयाहाङ राईले आफू स्टार नभएको बताएका छन् । फिल्मीखबरसँगको अन्तर्वार्ताको क्रममा उनले आफूले आफुूलाई कहिल्यै स्टार भएको अनुभुति नगरेको बताए । स्टार भनेको आफूले सोच्ने नभई अरुले बोल्ने शब्द रहेको उनको भनाई थियो ।
फिल्म क्षेत्रमा आउनु पहिले र अहिलेको व्यक्तिगत जीवनयापनमा खासै परिवर्तन नपाएको जिकिर गर्ने उनले स्टार र स्टारडमको कुरा भनेको काममा निर्भर हुने र कामको मुल्याङ्कनपछि प्रयोग हुने शब्द रहेको ’कबड्डी कबड्डी’ अभिनेताको भनाई थियो । कसलाई स्टार र सुपरस्टार भनिन्छ त्यसको बारेमा केहि बोल्न नचाहेका दयाले सामान्य जीवनयापन नैआफ्नो सोख रहेको बताए ।
सामाजिक कथाका फिल्मलाई महत्व दिने र सोही प्रकारको फिल्ममा अभिनयका सौखिन दयाले कुनै कार्यक्रममा सहभागि हुँदा तथा बाटोघाटोमा हिँड्दा भने फिल्म क्षेत्रमा आउनु पूर्वको समय र अहिलेको समयमा धेरै फरक पाएको बताउँछन् ।दयाहाङ राईसँगको पछिल्लो भिडियो कुराकानी छिट्टै नै फिल्मीखबरमा प्रकाशित हुनेछ ।

